नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कक्षा ६ मा अध्ययनरत ३,५९५ बालिकालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार अभियान फागुन १ देखि १३ गतेसम्म जिल्लाका आठै स्थानीय तहमा सञ्चालन हुनेछ। यसका लागि २४९ खोप केन्द्र तोकिएका छन् भने ३३९ स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिनेछ।
एचपिभी खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको जनाउँदै कार्यालयले सबै लक्षित छात्रालाई अभियानमा सहभागी गराउन आग्रह गरेको छ।
