कोशी प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि ५१८ जनाको भर्ती गर्ने घोषणा गरेको छ। आयोगले मंगलबार प्रकाशित सूचनाअनुसार, असिस्टेन्ट सब-इन्जिनियर, अमिन, प्राविधिक सहायक, अहेब, खरिदार, सह-लेखापाल लगायत चौथो तहका कर्मचारी माग गरिएको हो।
उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ, भने महिलाका लागि अधिकतम उमेर ४० वर्ष तोकिएको छ।
परीक्षा दस्तुर सामान्य उम्मेदवारका लागि ५०० रुपैयाँ लाग्नेछ भने थप समूहमा आवेदन गर्नेका लागि १५० रुपैयाँ थप दस्तुर लाग्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १७ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर आवेदन गर्नेको लागि म्याद फागुन २४ गतेसम्म हुनेछ।

