झापाको कन्काईबाट बैंकिङ कसुरमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ गाउँपालिका–७ का स्थायी बासिन्दा र हाल काठमाण्डौँ महानगरपालिका–३२, कोटेश्वरमा बसोबास गर्ने ४७ वर्षीय सुमन दाहाल रहेका छन्।
प्रहरीका अनुसार, दाहाललाई आइतबार साँझ कन्काई ४, मौरीपालन टोलस्थित आफन्तको घरबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौँमा उजुरी परेकाले दाहाललाई काठमाण्डौँ पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
