भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको विस्फोटमा खोटाङका तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मृतकहरूमा बरापोखरी गाउँपालिका–१ का २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर (भाइ दाजुभाइ) र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर रहेका छन्।
हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राई अझै बेपत्ता छन्। प्रारम्भिक अनुमान अनुसार विस्फोटपछि राई कोइलाखानीभित्रै जलेर ज्यान गएको हुनसक्ने सम्भावना छ।
गम्भीर घाइतेमा बरापोखरी–१ का ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर रहेका छन्। उनीहरूको उपचार मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ।
परिवारका सदस्यले मृतकको शव स्वदेश ल्याउन कठिनाइ भोगिरहेका छन्। यसैबिच, गम्भीर घाइतेको उपचार र शव ल्याउन सहयोग सङ्कलन अभियान स्थानीयवासीहरूले सुरु गरेका छन्।
