मुस्ताङ – माथिल्लो मुस्ताङको कोरला नाकाबाट भित्र्याइएको अवैध सामान बरामद गरिएको छ।
लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल तथा इलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले करिब १ लाख १७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको छ।
हिउँदयाममा सीमावर्ती क्षेत्रमा अवैध गतिविधि बढ्ने भएकाले सुरक्षा निकायले निरन्तर गस्ती तथा निगरानी कडा बनाउँदै आएको जनाइएको छ।
