काठमाडौं - नेपाली बजारमा आज (सोमबार) पनि सुन र चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला ९ हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार थप ४ हजार १०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार २५० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २४० रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५ हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
