राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई संघको अध्यक्षमा चयन गरेको छ।
एमालेका महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत र सचिव भानुभक्त ढकाललगायत शीर्ष नेताहरूको उपस्थितिमा बसेको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन्।
संघको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रहेका छन्।
अध्यक्षको जिम्मेवारी पाएलगत्तै नवनियुक्त अध्यक्ष गुरुङले पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
