नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढ्दै ३ लाख ९ हजार रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
आइतबार छापावाल सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । त्यसअघि शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो ।
गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको थियो । बिहीबार भने सुनको भाउ तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले बढेको थियो ।
यसैगरी चाँदीको भाउ पनि सोमबार बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ थियो ।
शुक्रबार चाँदीको भाउ तोलाको ६ हजार १ सय ९० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको मूल्य र भू–राजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार वृद्धि भइरहेको व्यवसायीहरूको भनाइ छ ।
