काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई उम्मेदवार बनाएको छ।
नेकपाका सहसंयोजक माधव नेपालले मंगलबार सापकोटालाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका हुन्।
भक्तपुर–२ मा यसपटक प्रतिस्पर्धा तीव्र हुने देखिएको छ। यस क्षेत्रमा नेकपा एमालेबाट सचिव महेश बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीव खत्री उम्मेदवार रहेका छन्।
गत निर्वाचनमा सोही क्षेत्रमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए।
नेकपाले सापकोटालाई उम्मेदवार बनाएसँगै भक्तपुर–२ को चुनावी माहोल थप रोचक बनेको छ।
