काठमाडौं ।
कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।
पछिल्लो समय अमेरिका भ्रमणमा जाने विषयलाई लिएर उनी विवादमा तानिएका थिए। सोही विवादका कारण प्रधानमन्त्री सुशीला कार्कीसमेत उनीप्रति असन्तुष्ट रहेको बताइएको छ।
राजीनामाबारे प्रतिक्रिया दिँदै मन्त्री गुप्ताले भने, “राजीनामा बुझाइसकेको छु। आज बिदा परेकाले दर्ता हुन पाएन, भोलिसम्ममा स्वीकृत होला।”
अमेरिका भ्रमणको विषयले सरकारभित्रै आलोचना बढेपछि गुप्ताले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको स्रोतहरूको भनाइ छ।
अब प्रधानमन्त्री कार्यालयबाट औपचारिक स्वीकृतिपछि गुप्ताको राजीनामा कार्यान्वयनमा आउनेछ।
