५ माघ, काठमाडौं । पूर्वमन्त्री तथा जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाइदिएर यादवलाई पार्टीमा स्वागत गरेका हुन्।
यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंहसहितका कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका छन्।
जेनजी युवा आन्दोलनपछि सत्याच्युत भएपछि यादवले अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए। पछिल्लो समय उनी जसपा नेपालका समन्वय समिति सदस्यताका रूपमा सक्रिय थिए।
प्रतिनिधि सभा निर्वाचनका मनोनयन दर्ताको पूर्वसन्ध्यामा यादव पुनः जसपा नेपाल त्यागेर एमालेतर्फ लागेका हुन्।
यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन्। स्रोतका अनुसार पर्सा–१ मा टिकट दिने वाचा अध्यक्ष ओलीले गरिसकेको बताइएको छ।
यादव ओली नेतृत्वको सरकारले खानेपानी मन्त्री रहँदा सांसदसमेत भइसकेका छन्।
