काठमाडौं, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।
यसअघि समानुपातिक उम्मेदवारको सूचीमा रहेका आचार्यले सो सूचीबाट आफ्नो नाम फिर्ता लिएका हुन् । अघिल्लो निर्वाचनमा रास्वपाकी सोविता गौतमले जितेको काठमाडौं–२ क्षेत्रमा अब आचार्य प्रत्यक्षतर्फ उम्मेदवार बन्न लागेका हुन् ।
सोविता गौतम भने यसपटक चितवन–३ बाट उम्मेदवार हुने टुंगो लागेको पार्टी स्रोतले जनाएको छ ।
रास्वपाले रणनीतिक रूपमा उम्मेदवार व्यवस्थापन गर्दै गएको अवस्थामा आचार्यको काठमाडौं–२ उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
