राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिने भएको हो ।
आजको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुने बताइएको छ । विशेष गरी प्रत्यक्षतर्फका उम्मेदवार चयनबारे बैठकले निष्कर्ष निकाल्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ ।
१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी आकांक्षीको संख्या उल्लेख्य बढेपछि रास्वपाले केन्द्रीय समिति बैठकमार्फत नै उम्मेदवार टुंगो लगाउने निर्णय गरेको हो ।
आजको बैठकबाट उम्मेदवार छनोट प्रक्रिया र पार्टीको चुनावी रणनीतिबारे समेत महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।
