आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ । थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जित्दै नेपालविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेकी हुन् ।
समूह ‘बी’ मा रहेको नेपालले यस छनोट प्रतियोगितामा थाइल्यान्डसँगै नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा शीर्ष तीन स्थानमा पुग्न सके नेपाल सुपर सिक्समा प्रवेश गर्नेछ ।
सुपर सिक्सपछि शीर्ष चारभित्र स्थान बनाउने टोलीले महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गर्ने प्रावधान छ । घरेलु मैदानमै खेल्दै नेपाली महिला टोलीलाई ऐतिहासिक उपलब्धि हासिल गर्ने सुनौलो अवसर प्राप्त भएको छ ।
नेपाली टोलीले समर्थकको साथमा बलियो प्रदर्शन गर्दै विश्वकप यात्रा सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।
