३ माघ, काठमाडौं — नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट तथा टिकट वितरण गर्ने उद्देश्यले १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले सभापति गगनकुमार थापाको नेतृत्वमा संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको हो। बोर्डमा उपसभापति, महामन्त्री तथा सह–महामन्त्रीलगायत पदाधिकारी र सदस्यहरू रहने व्यवस्था गरिएको छ।
बैठकमा आगामी २१ फागुनमा हुने निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको तयारी, संगठनात्मक व्यवस्थापन र निर्वाचन रणनीतिबारे समेत छलफल गरिएको थियो। कांग्रेसले संसदीय बोर्डमार्फत उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, समावेशी र विधानअनुसार अघि बढाउने जनाएको छ।
पार्टी नेतृत्वका अनुसार संसदीय बोर्ड गठनसँगै निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाइने र छिट्टै आवश्यक मापदण्ड तथा कार्यविधि सार्वजनिक गरिनेछ।
