काठमाडौं । आगामी प्रतिनिधिसभा चुनावमा झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रञ्जित तामाङलाई उम्मेदवारी दिएको छ।
शनिबार बिहान पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामाङलाई औपचारिक रूपमा टिकट प्रदान गरेका हुन्। अनेरास्ववियु (क्रान्तिकारी) का पूर्व अध्यक्ष तामाङले झापा ५ लाई आधार बनाउँदै लामो समयदेखि चुनावी तयारी गर्दै आएका छन्।
तामाङलाई उम्मेदवारी दिइएपछि झापा ५ मा ओली र तामाङबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
