३ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। विशेष महाधिवेशनपछि नयाँ नेतृत्व चयन भइसकेपछि बस्ने दोस्रो बैठकका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटलाई बैठक स्थल तय गरिएको छ। बैठक बिहान साढे ११ बजेदेखि सुरु हुने बताइएको छ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्व चयन भई शुक्रबार आधिकारिकता पाएपछि पहिलो बैठकपछि आज दोस्रो बैठक सञ्चालन हुन लागेको हो। बैठकमा सबै पदाधिकारी तथा सदस्यलाई उपस्थित रहन आग्रह गरिएको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले आजको बैठकमा पहिलो बैठकका निर्णयहरूसँगै आसन्न निर्वाचनका विषयमा केन्द्रित छलफल हुने जानकारी दिए।
