काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा बुधबार निर्वाचन आयोगमा छलफलका लागि पुगेका छन्।
थापाले सिङ्गो केन्द्रीय समितिसहित आयोगमा उपस्थित भएर आधिकारिकता दाबी गरेका हुन्। पार्टीको चुनाव चिन्ह तथा अधिकारसम्बन्धी विषयमा आयोगसँग छलफल भइरहेको छ।
थापा नेतृत्वको कार्यसमितिले हिजो पनि आयोगमा पुगेर आधिकारिकता दाबी गरेको थियो। आज बिहान शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले समेत आयोग पुगेर सोही दाबी प्रस्तुत गरेको छ।
दुई पक्षले आ–आफ्नो कार्यसमिति वैधानिक भएको दाबी गरेपछि आयोगले दुवै पक्षसँग छुट्टाछुट्टै छलफल अघि बढाइरहेको छ। आयोगले प्रमाण र कागजातको आधारमा निर्णय लिने बताइएको छ।
