काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका लागि उहाँले राजीनामा बुझाउनुभएको महानगरको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो ।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसमक्ष राजीनामा पत्र बुझाउनुभएको भए पनि हालसम्म स्वीकृत भइसकेको छैन । राजीनामा स्वीकृतिका लागि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्ने बताइएको छ ।
मेयर शाहले पाण्डेलाई काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।
नगर प्रहरी प्रमुखको राजीनामापछि महानगरको सुरक्षा तथा प्रशासनिक व्यवस्थापनमा अस्थायी व्यवस्थाबारे निर्णय हुने बताइएको छ ।
