काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त हुनुभएको छ ।
बुधबार सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका चालिसेलाई थापा नेतृत्वको कांग्रेसले प्रवक्ताको जिम्मेवारी दिएको हो ।
ललितपुरको कुपण्डोलमा बसेको पहिलो केन्द्रीय समितिको बैठकबाट उहाँलाई औपचारिक रूपमा प्रवक्तामा नियुक्त गरिएको पार्टी स्रोतले जनाएको छ ।
विशेष महाधिवेशनपछि गठन भएको नयाँ नेतृत्व टोलीले पार्टीको सांगठनिक संरचना विस्तार गर्दै जिम्मेवारी बाँडफाँट सुरु गरेको जनाएको छ ।
