विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।
कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये अधिकांश क्षेत्रमा निर्वाचन प्रयोजनका लागि कार्यालय स्थापना भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
प्रदेश निर्वाचन अधिकारी युवराज गुरागाँइका अनुसार अब बाँकी रहेका एक–दुई निर्वाचन क्षेत्रमा पनि आजभोलि नै कार्यालय स्थापना गरिनेछ ।
“अहिले ९८ भन्दा बढी स्थानमा कार्यालय स्थापना भइसकेको छ,” उहाँले भन्नुभयो, “एक–दुई दिनभित्र सबै स्थानमा कार्यालय स्थापना हुनेछन् ।”
कोशी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३१० मतदाता रहेका छन् । तीमध्ये १८ लाख २८ हजार २१३ पुरुष र १७ लाख ४६ हजार ७३ महिला मतदाता रहेका छन् ।
निर्वाचन तयारी तीव्र पार्दै निर्वाचन आयोगले प्रशासनिक तथा प्राविधिक संरचना विस्तार गर्दै लैजाने जनाएको छ ।
