काठमाडौं — नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्ने गगन थापा नेतृत्वको कार्यसमिति आज निर्वाचन आयोगमा पुग्ने भएको छ। सभापति थापासहितको टोली दिउँसो २ बजे आयोगमा पुग्ने तयारीमा रहेको स्रोतले जनाएको छ।
निर्वाचन प्रतीक (चिन्ह) लगायतका मुद्दामा आयोगले छलफलका लागि बोलाएको बताइएको छ। यसअघि हिजो थापा नेतृत्वको कार्यसमितिले आयोगमा पुगेर आधिकारिकता दाबी गरेको थियो।
यता, आजै शेरबहादुर देउवा नेतृत्वको पक्षले पनि आयोगमा पुगेर आफूहरूको कार्यसमिति नै वैध रहेको दाबी पेश गरेको छ।
विशेष महाधिवेशनपछि नेपाली कांग्रेस दुई धारमा विभाजित देखिएको छ। दुवै पक्षले आधिकारिक पहिचानका लागि निर्वाचन आयोगमा दाबी गरेपछि अब निर्णय आयोगको हातमा पुगेको छ।
