काठमाडौं । रवि लामिछानेविरुद्ध दायर आरोपपत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान तथा प्रचलित कानून विपरीत भएको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरी सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
रिट निवेदन सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भई कर्मचारीहरूले अध्ययन गरिरहेको जनाइएको छ । साथै, पौडेलले मुद्दा फिर्ता हुन सक्ने जोखिम रहेको उल्लेख गर्दै त्यससम्बन्धी कामकारबाही अघि नबढाउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाइपछि अदालतको आदेश आउने अपेक्षा गरिएको छ ।
