काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार सवार गाडी गोरखामा तोडफोड गरिएको छ ।
गोर्खाको भिमसेन गाउँपालिका–३ मा अज्ञात व्यक्तिहरूले गाडीमा तोडफोड गरेका हुन् ।
पार्टीको वडा सम्मेलनका लागि परियारसहितको टोली त्यहाँ पुगेको थियो । पार्किङका लागि राखिएको अवस्थामा गाडी तोडफोड भएको परियारले जानकारी दिनुभयो । उक्त गाडी धनेश थापाको रहेको बताइएको छ ।
गाडीमा तोडफोड भएको घटनाबारे उजुरी परेपछि प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
