२ माघ, काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टीभित्र गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थिति रहने र पार्टीको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गरिने जनाइएको छ।
