काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँमा बिक्री हुने छ।
नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आम उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।
