काठमाडौं, १ माघ
नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको नाम र तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ।
कांग्रेसले १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित थापासँग सम्बन्धित विवरण बिहीबार बिहान वेबसाइटबाट हटाएको हो। थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नामसमेत वेबसाइटबाट हटाइएको छ।
भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा उपसभापति र फरमुल्ला मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए। तर त्यसअघि बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्री गगन थापासहित शर्मा र मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान तथा सहभागी भएको आरोपमा उनीहरूलाई कारबाही गरिएको कांग्रेस नेताहरूले बताएका छन्। घटनाक्रमसँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किँदै गएको छ।
