नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। आज बिहान ८ बजे बोलाइएको बैठक करिब ६ घन्टा ढिलो गरी सुरु भएको हो|
बैठकमा विशेष महाधिवेशन, संगठनात्मक विवाद, आन्तरिक समायोजन तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ।
नेता एवं सदस्यहरूको बाक्लो उपस्थिति रहने अनुमान छ भने बैठक केही दिनसम्म जारी रहने सम्भावना कांग्रेस स्रोतले जनाएको छ।
